हेटौँडा:विद्यालय तहमा गणित विषय अध्यापन गराउने शिक्षकहरुको संस्था गणित शिक्षा परिषद् मकवानपुरको अध्यक्षमा विनोद सुवेदी निर्वाचित हुनुभएको छ । शनिबार हेटौँडामा सम्पन्न पाँचौं अधिवेशनबाट सुवेदीको अध्यक्षतामा १३ सदस्यीय परिषद् सर्वसम्मत निर्वाचित भएको हो । सुवेदी हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका प्रिन्सीपल हुनुहुन्छ ।
अधिवेशनबाट उपाध्यक्षमा दीपक अधिकारी, सचिवमा इन्द्रबहादुर कार्की, सहसचिवमा भूपेन्द्र चौलागाईं, कोषाध्यक्षमा होमनाथ ढकाल र सहकोषाध्यक्षमा ब्रज किशोर गुप्ता निर्वाचित हुनुभएको छ । सदस्यमा सविना वाइबा, सविता अधिकारी, गोपाल घिमिरे, उपेन्द्र पौडेल, बिमल दाहाल, सुदर्शन अधिकारी र शंकर भण्डारी चयन हुनुभएको छ ।
यस्तै हेटौँडा उपमहानगर समितिमा श्याम बजगाई निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा शान्तिमाया बस्नेत, सचिवमा नवराज दूलाल, सहसचिवमा लक्ष्मी पुडासैनी, कोषाध्यक्षमा हर्कबहादुर कार्की र सहकोषाध्यक्षमा अजन्ता पराजुली चयन हुनुभएको छ । यस्तै सदस्यमा रमिका शाक्य, निश्चल चौलागाई, प्रेम घिमिरे, देवेन्द्र चापागाईं, निर्मल पराजुली र शर्मिला लम्साल निर्वाचित हुनुभएको छ । यस्तै बागमती गाउँपालिकाको अध्यक्षमा दिनेश माझी, बकैया गाउँपालिकाको अध्यक्षमा छवि राई, कैलाश गाउँपालिकाको अध्यक्ष्ँमा अर्जुन लामिछाने चयन हुनुभएको छ ।
गणित शिक्षा परिषद् जिल्ला कार्यसमिति मकवानपुरका अध्यक्ष धनिकलाल साहको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । जिल्ला शिक्षा समितिका अध्यक्ष समेत घलानले चेतनाको विकासमा शिक्षकको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीले मकवानपुरको औसत नतीजा सुधारमा ध्यान दिनुपर्ने बताउनुभयो । गणित विषयलाई आकर्षक विषयको रुपमा विकसित गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । कार्यक्रममा जिल्लाका सेवानिवृत गणित शिक्षक तथा एसईईमा उत्कृष्ट नतिजा ल्याउन सहयोग पुर्याएका गणित शिक्षकलाई सम्मान गरिएको थियो ।











