हेटौँडाः हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सफल बनाउन विद्यालयका पूर्वविद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूले विद्यालयहरुलाई आर्थिक सहयोग प्रदान गरेका छन् । माघ २ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने स्वर्ण जयन्ती समारोह मनाउनका लागि हालसम्म एक लाख ४८ हजार ३७१ रुपैयाँ सहयोग प्राप्त भएको स्वर्ण जयन्ती मूल समारोह समितिले जनाएको छ ।
विद्यालयको स्वर्ण जयन्तीका लागि राज मोटर्स प्रालि हेटौँडाका सञ्चालक तथा विद्यालयका पूर्वविद्यार्थी राजन श्रेष्ठले ५० हजार ५५५ रुपैयाँ, विनोद सुवेदीले ५० हजार ५५० रुपैयाँ, हेटौँडा–१ निवासी अमृतकुमार श्रेष्ठले २१ हजार, हेटौँडा–२ निवासी निरञ्जन बिष्टले ११ हजार १११ रुपैयाँ, विश्व आट्र्सका प्रोप्राइटर एवम् पूर्वविद्यार्थी विश्वराज सिग्देलले १० हजार रुपैयाँ, विद्यालय व्यवस्थापन समितिका निवर्तमान सदस्य लक्ष्मी महर्जन श्रेष्ठले ५ हजार ९९५ रुपैयाँ सहयोग गर्नुभएको छ । हेटौँडा–१०, राप्तीरोड घर भई हाल बसुन्धरा–७, काठमाडौं बस्ने रेखा पाण्डेले ५ हजार १५५ रुपैयाँ सहयोग गर्नुभएको स्वर्ण जयन्ती मूल समारोह समितिले जनाएको छ ।
यसैगरी ३५ वर्ष सिद्धार्थ माविमा अध्यापन गरेर सेवा निवृत्त हुनुभएका पूर्वप्रधानाध्यापक मोहनप्रसाद शर्माले ३५ हजार रुपैयाँ, पूर्वविद्यार्थी उर्मिला राईले १० हजार रुपैयाँ, कविता थापाले ७ हजार ५०१ रुपैयाँ, पूर्वविद्यार्थी उज्ज्वल बर्तौलाले ५ हजार ५५५ रुपैयाँ सहयोग गर्नुभएको छ ।











