अधिवेशन पश्चात सामुहिक तस्वीर खिचाउँदै ।

हेटौँडा : बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको आयोजनामा सर्लाहीको कर्मैयास्थित श्री ५ महेन्द्र जनता माध्यमिक विद्यालयमा प्रथम अधिवेशन तथा एघारौँ शृङ्खला भएको छ । कार्यक्रममा मधेस प्रदेशका बारा, महोत्तरी, रौतहट, पर्सा तथा सर्लाहीका साथै वागमती प्रदेशको मकवानपुर तथा सिन्धुली जिल्लाका साहित्यकारहरूको राम्रो उपस्थिति थियो ।

सहभागी स्रष्टाहरूमध्ये कुमार दाहाल कुसुम, माधव काफ्ले, लालबाबु शर्मा, बाबुराम फुयाल, लक्ष्मण पोखरेलले छन्द कविता तथा राम उदित, शम्भु गजुरेल, नारद काफ्ले, भवानी घिमिरे, सीता पन्थी, मीना देवकोटा, अमरिस भगत, टङ्क उप्रेती, लीला खड्का, लक्ष्मण पौडेल, अर्चना लुइँटेलले गद्य कविता वाचन गरेका थिए । यसैगरी हरिकृष्ण काफ्ले र प्रदीप धनञ्जयले मुक्तक तथा धनमाया राई तथा सुमित्रा आचार्यले गजल सुनाएका थिए ।

कार्यक्रममा बुढ्यौली साहित्य समाज गठन अभियानमा सक्रिय रहेवापत नियात्राकार रमेशमोहन अधिकारीलाई र कार्यक्रमको प्रायोजन गरिदिएवापत रमेशकुमार निरौलालाई सम्मान गरिएको थियो । कार्यकम संस्थाका अध्यक्ष लम्बोदर काफ्लेको अध्यक्षतामा भएको हो । सोही अवसरमा आयोजित संस्थाको रामचन्द्र कुशवाहाको संयोजकत्वमा सञ्चालित बन्द सत्रले घनश्याम पन्तको अध्यक्षतामा एघार सदस्यीय कार्यकारिणी समिति चयन गरेको खबर छ । जसअनुसार उपाध्यक्षमा रेणु गुप्ता, सचिवमा किसुनदयाल यादव, कोषाध्यक्षमा राम उदित तथा सदस्यहरूमा मीना देवकोटा, मुकेश मिश्र, टङ्क उप्रेती, अर्जुन थापा, केदार सिग्देल रहेका छन् ।