Home मुख्य समाचार मकवानपुरबाट विजय गौतमदेखि विरोध र रामनारायणसम्मको नाम सिफारिस

मकवानपुरबाट विजय गौतमदेखि विरोध र रामनारायणसम्मको नाम सिफारिस

हेटौँडा : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । नेकपाले युवा नेता विजय गौतमदेखि पुराना नेता विरोध खतिवडासम्मको नाम सिफारिस गरेको छ । २ निर्वाचन क्षेत्र रहेको मकवानपुरबाट युवा पुस्ताका गौतमदेखि ४ पटक निर्वाचन जितेका विरोध खतिवडालाई सिफारिस गरेको हो ।

नेकपाबाट मकवानपुरको क्षेत्र नम्बर–१ मा प्रत्यक्षतर्फ विजय गौतमको नाम सिफारिस गरिएको छ । शनिबार सम्पन्न नेकपाको जिल्ला कमिटी बैठकले युवा नेता गौतमसहित तत्कालिन एकीकृत समाजवादीका नेता तथा पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडाको नाम सिफारिस गरेको हो । विगतमा मकवानपुर–२ बाट ४ पटकसम्म निर्वाचन जितेका खतिवडा आगामी निर्वाचनका लागि क्षेत्र नम्बर–१ बाट सिफारिसमा परेका हुन् । खतिवडा गत २०७९ को निर्वाचनमा मकवानपुर–२ बाट पराजित भएका थिए ।

यता नेकपा मकवानपुरका इञ्चार्ज समेत रहेका गौतम पहिलो पटक चुनावी माहोलमा होमिने तयारीमा रहेका छन् । क्षेत्रीय समितिको बैठकले मकवानपुर–१ बाट बहालवाला जनप्रतिनिधिसहित १३ जनाको नाम सिफारिस गरेको छ । बैठकले प्रत्यक्षतर्फ घनप्रसाद गौतम, प्रल्हाद लामिछाने, भीम पाख्रिन, सोमबहादुर थिङ, किशोर टण्डन, शुभरत्न गोले, सूर्यकला तिमल्सिना, वीरबहादुर थिङ रहेका छन् । प्रदेससभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान समेत सो क्षेत्रबाट सिफारिसमा परेका छन् ।

त्यस्तै क्षेत्र नम्बर–२ मा वहालवाला ८ जना जनप्रतिनिधिसहितको नाम प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारमा सिफारिस गरिएको छ । मकवानपुर–२ मा विरोध खतिवडा, रामनारायण विडारी, बीरबहादुर घलान, लवशेर विष्ट, सागर उप्रेति, किशोर बर्तौलाको नाम सिफारिस गरिएको छ । बैठकले बहालवाला प्रदेश सभा सदस्य कुमारी मोक्तान, राक्सिराङ गाउँपालिका उपाध्यक्ष वनस्थम थिङको नाम सिफारिस गरिएको छ ।
समानुपातिकतर्फ मुनु सिग्देल, प्रमिला लामा पुलामी, लक्ष्मी पाख्रिन, राममाया पाख्रिन, अप्सरा लोप्चन, गोकुल बैजु, कल्पना विश्वकर्मा, विज्ञान स्याङ्तान, कृष्ण चेपाङ्, रामेशकुमार राई दनुवार, रामचन्द्र बल, जीवन लामा, सन्तोष कुमार तामाङ, बालकृष्ण चौलागाई, रामहरि सुवेदी, कृष्णप्रसाद चौलागाई र कृष्ण घिमिरेको नाम सिफारिस गरिएको छ । राष्ट्रियसभाको निर्वाचनका लागि तारानाथ खतिवडा, विष्णुमाया लामा र दिल बहादुर स्याङ्वोको नाम सिफारिस गरिएको छ ।

Exit mobile version