Home मुख्य समाचार हेटौँडा सडक विस्तार विवादः आज सर्वोच्चमा सुनुवाइ हुँदै

हेटौँडा सडक विस्तार विवादः आज सर्वोच्चमा सुनुवाइ हुँदै

हेटौँडाको सडक

हेटौँडा: हेटौँडा बजार क्षेत्रको सडक विस्तारसँग विवादमा सर्वोच्च अदालतमा सुनुवाइको प्रक्रिया आज तोकीएको छ । रास्वपा नेतृ एवम् पूर्व सांसद विन्दवासिनी कंसाकारसहित ६ जनाले दायर गरेको रिट निवेदन आज तोकीएको पेसी अघि बढेको हो ।


आजको सुनुवाईका लागि सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र शान्तिसिंह थापाको इजलासमा पेसी तोकिएको छ । यसअघि पुस २ र असोज ६ गते तेकीएको पेसी हेर्न नमिल्ने र नभ्याइनेमा परेपछि सुनुवाई स्थगन हुँदै आएको थियो ।


डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर लगायतका निकायहरूले सडक विस्तार गर्ने प्रक्रिया अघि बढाएपछि सम्पत्तीको अधिकार र मुआब्जाको माग गर्दै मंसिर १६ मा स्थानीयहरु सर्वोच्च पुगेका थिए । सडक विभाग, शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समेत विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्चले मंसिर ९ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।


उक्त मुद्धामा मंसिर २६ मा पेसी तोक्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश समेत दिएको थियो । मङ्सिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्य आदेश ‘मिसिल झिकाउने आदेश’ जारी गरेको थियो । पुस २ गते तोकीएको पेसीमा न्यायाधीश तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको इजलासमा ‘हेर्न नमिल्ने’ परेको थियो भने पुस ६ गतेको पेसीमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।


हेटौँडाको मुख्य बजार क्षेत्रको २५/२५ मिटर (हाल २५/२५ गज) सडक विस्तारका लागि मंसिर २० गते रातोमाटेदेखि बुद्ध चोक हुँदै राप्ती पुल (महेन्द्र राजमार्ग) र बुद्ध चोकदेखि चौकीटोल (त्रिभुवन राजपथ)को ९.५ किलोमिटर मध्ये ७ कलिोमिटर क्षेत्रको सडक सिमामा रहेका ५०० बढी घरहरु गरेर सडक डिभिजन कार्यालयले जेसिवी प्रयोग भत्काइएको थियो ।

Exit mobile version