हेटौँडा : युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित चैनपुर जेसीज मनहरीको २०२६ को अध्यक्षमा सुरेश गौतम चयन हुनुभएको छ । शनिबार सम्पन्न तेस्रो साधारण सभा तथा अधिवेशनले गौतमको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
जेसीजको कार्यकारिणी उपाध्यक्षमा नवराज रिजाल र राजु सुवेदी तथा उपाध्यक्षमा मनोज चौलागाईं, सुरज ढुंगाना, पुष्कर रेग्मी र सन्तोष ढकाल चयन हुनुभएको छ । चैनपुर जेसीज मनहरीका अध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षतामा भएको साधारण सभामा संस्थापक अध्यक्ष गणेश दर्पण अधिकारी, निवर्तमान अध्यक्ष रविन ढकाल लगायतको आतिथ्य रहेको थियो । उम्मेदवारहरुलाई नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष स्वप्ना पौडेल भण्डारी र पर्सा खैरहनी जेसीजका संस्थापक अध्यक्ष केशव पाठकले तालिम प्रदान गर्नुभएको थियो । मकवानपुरको पश्चिमी क्षेत्रका युवाहरुलाई समेट्दै सन् २०२२ मा गणेशदर्पण अधिकारीको नेतृत्वमा जेसीज स्थापना भएको हो ।











