हेटौँडा : हेटौँडा उपमहानगरपालिकास्तरीय ७ ‘ए’ साइड छात्र फुटबल प्रतियोगिता शुरु भएको छ । हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयको हीरक जयन्तीको अवसरमा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा बिहीबारदेखि विद्यालयको खेलमैदानमा प्रतियोगिता शुरु भएको हो ।
बिहीबार भएको खेलमा सत्यम जेभिर्यसले हेटौँडा एकेडेमीलाई ४–३ गोलअन्तरले, जनजागृति माध्यमिक विद्यालयले वंशगोपाल माध्यमिक विद्यालयलाई १–० गोलअन्तरले, बुद्ध माध्यमिक विद्यालयले जिएस निकेतनलाई २–० गोलअन्तरले र हेटौँडा मोर्डन स्कूलले प्रगति माध्यमिक विद्यालयलाई २–० गोलअन्तरले पराजित गरेको छ । शनिबारसम्म हुने प्रतियोगितामा २३ वटा टोलीको सहभागिता रहेको विद्यालयका शिक्षक राजेश अधिकारीले जानकारी दिनुभयो । प्रतियोगिताका विजेता टोलीले ५ हजार र उपविजेता टोलीले ३ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यसैगरी सेमिफाईनल खेल्ने अन्य दुई टोलीले सामान २÷२ हजार नगद प्राप्त गर्ने छन् । विद्यालयले बुधबारदेखि सोमबारसम्म विविध कार्यक्रमको आयोजना गरी ६० औँ वार्षिकोत्सव (हीरक जयन्ती) मनाउँदै छ ।











