हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाको १९ औँ (हिँउदे) अधिवेशन (गाउँसभा) आगामी पुस २३ गते बुधबार हुने भएको छ । मंगलबार पालिकाले एक सूचना जारी गर्दै अधिवेशन पालिकाको कार्यालय, चैनपुरमा आयोजना हुने जनाएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९(२) बमोजिम आह्वान गरिएको उक्त अधिवेशनको प्रारम्भिक सत्रसँगै गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ । अधिवेशन तथा उद्घाटन समारोहकै अवसरमा सम्मान कार्यक्रमसमेत आयोजना गरिएको छ ।