Home मुख्य समाचार लागुऔषध चरेशसहित थाहाका सरोज र नवराज पक्राउ

लागुऔषध चरेशसहित थाहाका सरोज र नवराज पक्राउ

सरोज मोक्तान र नवराज लोको साथबाट बरामद भएको लागुऔषध चरेश

हेटौँडाः प्रतिबन्धित लागुऔषध चरेशसहित थाहा नगरपालिका–११ का २१ वर्षीय नवराज लो र २९ वर्षीय सरोज मोक्तान पक्राउ परेका छन् । शनिबार बेलुका ७ बजेर ३० मिनेटको समयमा लो र मोक्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्साको विरगंज महानगरपालिका–२२ जगरनाथपुर ढाँटस्थित सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा हेटौँडाबाट विरगंजतर्फ जाँदै गरेकाे ना ३ ख ५०९३ नम्बरको ट्रकसहित उनिहरुलाई पक्राउ गरिएको हो । ट्रकबाट लागुुऔषध चरेश जस्तो देखिने पदार्थ २ सय ४० किलोग्राम फेला परेको प्रहरीको भनाइ छ । ट्रक चालक मोक्तान र ट्रकमा सवार लोलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version