हेटौँडा : सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १९औं वार्षिक साधारण सभा चितवनको सौराहामा सुरु भएको छ। अकोराबका अध्यक्ष अर्जुन गिरीको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा साधारण सभाको उद्घाटन कार्यक्रम भइरहेको छ । अकोराबको साधारण सभासँगै सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनको रुपमा आयोजना गरिएको छ । साधारण सभा तथा रेडियो सम्मेलनमा देशभरबाट २ सय भन्दा बढी सामुदायिक रेडियो सञ्चालकहरुको सहभागिता रहेको छ ।
