हेटौंडा : स्कूल लिडर्स विन्टर समिट–२०२५ शनिबार हुने भएको छ । शिक्षा विकास तथा समन्वय इकाइै मकवानपुरले मंगलबार एक सूचना जारी गरि समिटमा सहभागी हुन जिल्लाभरीका विद्यालयहरुलाई आह्वान गरेको छ ।

काठमाडौं स्कूल अफ एजुकेशनको आयोजना र शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको सह–आयोजनामा कार्यक्रम हुनेछ । कार्यक्रममा कक्षाकोठाको प्रभावकारी नेतृत्वसम्बन्धी प्रमुख प्रस्तुति, प्यानल छलफल एवम् कार्यशालाहरुको आयोजना गरिने सूचनामा उल्लेख छ ।

उक्त समिटमा सहभागिताका लागि मकवानपुरका सबै आधारभूत तथा माध्यमिक विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, संयोजकहरुलाई आह्वान गरिएको छ । कार्यक्रम शनिबार बिहान ९ बजेदेखि हेटौंडा–४ स्थित नवोदय शिशु सदनको सभाहलमा हुनेछ ।