Home शिक्षा बकैया गाउँपालिकामा बुधबारबाट दोश्रो त्रैमासिक परीक्षा शुरु

बकैया गाउँपालिकामा बुधबारबाट दोश्रो त्रैमासिक परीक्षा शुरु

बकैया गाउँपालिका–३, हात्तीसुडेस्थित बुद्ध माविमा बुधबार परीक्षा दिँदै विद्यार्थी ।

हेटौँडा : पूर्वी मवकानपुरको बकैया गाँउपालिकाका विद्यालयहरुमा बुधबारबाट दोश्रो त्रैमासिक परीक्षा शुरु भएको छ । बुधबारबाट सुरु भएको परीक्षा पुस ९ गतेसम्म संचालन हुने शैक्षिक समन्वय समिति बकैयाका सचिव हरिहर खनालले जानकारी दिनुभयो ।

यसअघि परीक्षा समन्वय समिति मार्फत परीक्षा सञ्चालन भएकोमा यो पटकबाट शैक्षिक समन्वय समिति बकैयाले परीक्षा सञ्चालन गर्दैछ । विविध कारणले गत असारमा नै परीक्षा समन्वय समिति विघटन भएको थियो भने गत कार्तिक २२ गते बकैयाका प्रधानाध्यापकहरुको भेलाबाट शैक्षिक समन्वय समिति गठन भएको थियो । सोही समिति मार्फत विद्यालयमा परीक्षा संचालन गर्ने तथा अन्य शैक्षिक गतिविधि समेत गर्ने निर्णय भएअनुसार यो पटकबाट शैक्षिक समन्वय समितिले विद्यालयको परीक्षा सञ्चालन गर्दैछ ।

पालिका भित्र रहेको ७६ वटा विद्यालयहरु मध्य ६६ वटा विद्यालयहरुमा शैक्षिक समन्वय समिति मार्फत परीक्षा सञ्चालन भई रहेको छ भने बाँकी विद्यालयहरुले आफू अनुकुल परीक्षा सञ्चालन गर्दैछन् । शैक्षिक समन्वय समिति मार्फत हुने परीक्षामा मावि १२, निमावि ९ र ४५ प्रावि गरि ६६ वटा विद्यालयका ६ हजार ७११ विद्यार्थीहरुसहभागि भएको सचिव खनालले जानकारी दिनुभयो ।

Exit mobile version