हेटौँडा : हेटौँडा–११ मा जारी सहिद स्मारक प्रिमियर लिगमा गोल्फिन्टार किङ्स अगाडि रहेको छ । लिग चरणको तेस्रो चरणको खेल सकिँदा ३ खेलमा सबै खेल जितेर गोल्फिन्टार किङ्सले ६ अङ्कका साथ पहिलो स्थानमा कायम गरेको छ । यस्तै, ३ खेलमा २ मा जित र १ मा हार व्यहोरेको नवलपुर टाइटन्स ४ अङ्क जोड्दै दोस्रो स्थानमा छ ।

लिगमा बागथली वारीयर्सले ३ खेलमा १ मा जित र २ मा हार व्यहोर्दै २ अङ्क जोडेको छ । थानाभर्‍याङ म्याव्रिक्सले २ खेलमा १ मा जित र १ मा हार व्यहोर्दै २ अङ्क जोडेको छ भने हेटौँडा एकेडेमीले ३ खेलमा कुनै पनि खेलमा जित हात पार्न सकेको छैन । मंसिर २० गतेबाट शुरु भएको सहिद स्मारक प्रिमियर लिग आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुने आयोजकले बताएका छन् । वागेश्वरी टोल विकास संस्थाको आयोजनामा शनिबारबाट हेटौँडा–११ स्थित हेटौँडा एकेडेमीको खेल मैदानमा प्रतियोगिता भइरहेको छ ।