हेटौँडा : प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले शुक्रबार २ जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ ७ बजेको समयमा हेटौँडा–१५, रातोमाटेबाट १ ग्राम ५६० मिलिग्राम खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेमा सवारी साधनहरु रोकी सुरक्षाजाँच गर्ने क्रममा बीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०६–००१ ज ०१९१ नम्वरको यात्रुबाहक भ्यानमा सवार पाल्पा जिल्लाको रामपुर नगरपालिका–८ का २३ वर्षीय स्मारिका भन्ने मनिष ठकुरी र कास्की जिल्लाको रुपा नगरपालिका–५ का २५ वर्षीय रचना भन्ने सन्जित नेपालीलाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठकुरी र नेपालीलाई हिरासतमै राखेर आवश्यक अनुसन्धान तथा कारवाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार साँझ जानकारी गराएको छ ।
