Home मुख्य समाचार हेटौँडामा सडक विस्तार रोकियो

हेटौँडामा सडक विस्तार रोकियो

हेटौँडा : सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएकाले सडक विस्तार कार्य हाललाई स्थगन गरेको जनाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै सडक डिभिजन कार्यालयले विस्तारको कार्य स्थगन गरिएको जनाएको हो ।

यसअघि शनिवार हेटौँडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरुको सीमा बढाउने भन्दै डोजर चलाएर सयौँ संरचना भत्काइएको थियो । उक्त अभियान अन्तर्गत सडक डिभिजन कार्यालय हेटौँडाले शनिबार ५०० बढी घर तथा संरचना भत्किएको थियो ।

हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घर टहरा भत्काएको हो । शनिबार हेटौँडा १५ रातोमाटेदेखि मुख्य बजार क्षेत्रको मेनरोड बुद्ध चोक, राप्ती रोड, पिपल बोट तथा चौकीटोल ओरालो सम्मका संरचनाहरु भत्काइएको थियो ।

Exit mobile version