हेटौँडा : हेटौँडा–३, लेवटचोकबाट लागूऔषध खैरोहेरोइनसहित मकवानपुर प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ ७ बजेर ३० मिनेटको समयमा लागूऔषध सेवन गरिरहेको भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी बसामाडी, लेवटबाट खटिएको प्रहरी टोलिले कोठाभित्र लागुऔषध सेवन गरिरहेको अवस्थामा ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीले हेटौँडा–३, लेवटका ४० वर्षीय फडिन्द्र राज पुरी, मकवानपुरको बकैया गाउँपालिका–७, छत्तिवन घरभई हाल हेटौँडा–१९, सानान्टार बस्ने ४० वर्षीय सुवास खत्री र मनहरी गाउँपालिका–५, हाडिखोला घर भई हाल हेटौँडा–११ नवलपुर बस्ने ३४ वर्षीय विनोद गुनीलाई पक्राउ गरेको छ । प्रहरीले उनिहरुको साथबाट ८ ग्राम ४० मिलिग्राम लागूऔषध खैरोहेरोइन बरामद गरेको थियो । लागूऔषधसहित तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।
