Home मुख्य समाचार रोट्रयाक्टको आयोजनामा रक्तदान सम्पन्न

रोट्रयाक्टको आयोजनामा रक्तदान सम्पन्न

हेटौंडाः रोट्रयाक्ट क्लब अफ मकवानपुर र रोट्रयाक्ट क्लब अफ हेटौंडाको संयुक्त आयोजनामा बिहीबार हुप्रचौरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १२ औं सचिन मेमोरियल राष्ट्रिय रक्तदान कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटी र ब्लड बैंक हेटौंडासँगको सहकार्यमा भएको रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् ।

रोट्रयाक्ट क्लब अफ दमौलीका सदस्य सचिनकुमार श्रेष्ठको १२ वर्षअघि सडक दुर्घटनामा मृत्यु भएपछि श्रेष्ठको स्मृति तथा सम्मानस्वरुप हरेक वर्ष देशभर रक्तदान कार्यक्रम आयोजना गरिँदै आएको रोट्रयाक्ट क्लब अफ मकवानपुरका अध्यक्ष अमितकुमार सिंहले जानकारी दिनुभयो । यस कार्यक्रम अन्तर्गत देशभर प्रत्येक वर्ष रक्तदान कार्यक्रम गरी हालसम्म १ हजार ५ सय बढीले रक्तदान गरिसकेको पनि आयोजकले जनाएको छ ।

Exit mobile version