हेटौँडा : जेसीआई हेटौँडा लेडीको अध्यक्षमा नम्रता श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
शनिबार भएको साधारणसभाबाट कार्यकारिणी उपाध्यक्षमा दिप्ती अधिकारी र कुशु पण्डित, उपाध्यक्षमा समिरा परियार, सृष्टि चौलागाई, सन्जिता घलान र चन्द्रकला सिंह निर्वाचित हुनुभएको छ । १ वर्षे कार्यकालका लागि अध्यक्षले महासचिव, कोषाध्यक्षसहितका पदाधिकारी मनोनित गर्नेछ । ४० वर्षभन्दा कम उमेर समूहका युवाको नेतृत्व र व्यक्तित्व विकासका लागि जेसीज अन्तर्राष्ट्रिय संस्था हो ।












