हेटौंडाः बामगती प्रदेशको राजधानी हेटौंडा उपमहानगरका २१ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएराती मृत्यु भएका एक वृष्द्धसहित १५ जना पुरुष र ६ जना महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हेटौंडास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभएको छ ।

मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकाका २ जनमा पनि कोरोना सङक्रमण पुष्टि भएको छ । हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापना गरिएको प्रदेशस्तरीय प्रयोगशालाबाट आज दिउँसो प्राप्त रिपोर्टअनुसार सबैभन्दा बढी हेटौंडा–४ का ७ जना रहेका छन् । साउन ३१ गते सङ्कलन गरिएको स्वाब नमूनाको परीक्षणको नतिजा आज प्राप्त भएको हो ।

कोरोना सङक्रमण पुष्टि भएर आइसोलेसन वार्डमा उपचाररत ९ जना कोरोना सङक्रमणमुक्त भएको रिपोर्टअनुसार आज उनीहरु डिस्चार्ज हुने पनि आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभएको छ ।