हेटौँडा : नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–८, नारायणडाँडामा मलको ढिस्कोले पुरिएर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५९ वर्षीय देवीबहादुर उप्रेती रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शुक्रबार दिउँसो १२ बजेर १५ मिनेटको समयमा घरमै रहेको गाई–बस्तुको मलखाद सफा गर्ने क्रममा अचानक ढिस्को भत्किएर पुरिँदा उप्रेतीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।










