हेटौँडा : नेपाल रेडक्रस सोसाइटी, मकवानपुरको आयोजना एवम् जुनियर रेडक्रस सर्कल शारदा मावि, आमभन्ज्याङ्गको आतिथ्य÷व्यवस्थापनमा शुक्रबारबाट जिल्लास्तरीय रनिङ्ग शिल्ड शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले गर्नुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति लाल बहादुर थापा, उपमन्त्री एवम् जिल्ला जुनियर युवा सामितिको संयोजक शिबहरि दाहाल, मकवानपुरगढी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष दिपेश दाहाल, रेडक्रस आमभन्ज्याङ्गका सभापती नानिराम तिमल्सिनाको उपस्थिति रहेको थियो । प्रतियोगितामा मकवानपुर जिल्लाका २४ वटा विद्यालयको सहभागिता रहेको थियो ।
शुक्रबारको उद्घाटन खेलमा महेन्द्र माबि, छतिवनले जनक मावि, आमभन्ज्याङ्गलाई सोझो सेटमा पराजित गरेको छ । यस्तै शारदा माविले मत्स्यनारायण माविलाई, भानु माविले जनक माविलाई, श्रमिक माविले, बंशगोपाल माविलाई र जिएस निकेतनले नाटेश्वर माविलाई हराउँदै दोश्रो चरणमा प्रवेश गरेको छ । त्यस्तै सुन्दरीदेवी माविले बुद्ध माविलाई, भुटनदेवी माविले बंशगोपाल माविलाई, जनता माविले जनज्योति माविलाई र जनक मावि, बकैयाले बात्सलादेवी माविलाई र सूर्योदय माविले तुल्सिमेहर मावि हराउँदै दोश्रो चरणमा प्रबेश गरेको छ ।











