प्रदेश सभाको अधिवेशन अन्त्य भएको जानकारी गराउँदै प्रदेश सभा सचिवालयले जारी गरेको सूचना ।

हेटौँडा : बागमती प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बजेट अधिवेशन (वर्षे) अन्त्य गर्न सिफारिस गरेअनुरुप प्रदेश प्रमुख दीपक देवकोटाले बुधबार राती ११ बजेर ५९ मिनेटदेखि अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको छ ।

प्रदेश सभाका सचिव रामकुमार पौडेलले बिहीबार सामाजिक सञ्जालमा प्रदेश प्रमुख देवकोटाले प्रदेश सभा बैठक अन्त्य गर्नु भएको सूचना जारी गर्नुभएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको अधिवेशन अन्त्य गर्नुभएको सूचनामा उल्लेख छ ।