हेटौंडा : मकवानपुरगढी गाउँपालिका–५, धादिङस्थित शारदा माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा सोमबार रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो ।
सोमबारबाट विद्यालयको स्वर्ण महोत्सव सुरु भएको छ । स्वर्ण महोत्सवको अवसरमा विद्यालयका शिक्षक तथा शिक्षिकाहरुलाई सम्मानित गरिएको छ । शारदा माविले स्वर्ण महोत्सव साताव्यापी मनाउँदैछ ।
