
हेटौँडा : मकवानपुरगढी गाउँपालिका–५, धादिङस्थित शारदा माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सुरु भएको छ । सोमबारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नु भयो ।
कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री बानियाँले अबको शिक्षा भनेको देश भित्रै र बिदेशमा समेत जागिर पाउने शिक्षा आवश्यक रहेको बताउनुभएको छ । प्रावविधिक शिक्षा अहिलेको आवश्यक्ता भएकाले यसका लागि विद्यालयलाई आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको उहाँले बताउनुभयो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, निवर्तमान अध्यक्ष विदुर हुमागाई, उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली, विद्यालयका पूर्व अध्यक्ष बलराम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
स्वर्ण महोत्सवको अवसरमा विद्यालयका शिक्षक तथा शिक्षिकाहरुलाई सम्मानित गरिएको छ । शारदा माविले स्वर्ण महोत्सव साताव्यापी मनाउँदैछ ।










