Home मुख्य समाचार खैरो हेरोइनसहित २ महिला पक्राउ

खैरो हेरोइनसहित २ महिला पक्राउ

हेटौँडाः जिल्ला प्रहरी कार्यालय बाराले लागूऔषध खैरो हेरोइनसहित २ महिलालाई पक्राउ गरेको छ । शनिबार दिउँसो ३ बजेर ४० मिनेटको समयमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी नायव निरीक्षक दीपक कुमार बस्नेतको कमाण्डमा लागूऔषध नियन्त्रण व्यूरो पर्सा जिल्ला शाखाको संयुक्त टोलीले जीतपुर–सिमरा उपमहानगरपालिका–५, लल्का पुलबाट उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।


पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–६ की ३५ वर्षीया सुशीला देवीको साथबाट प्रहरीले ४४ ग्राम ४०० सय मिलिग्राम खैरो खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ । लागूऔषध तस्करीमा सुशीला देवीसँगै पर्सा जिल्लाको पोखरिया नगरपालिका–७ की ३० वर्षीया पुजा देवीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Exit mobile version