रक्तदाताहरु रक्तदान गर्दै

हेटौँडाः शिखर इन्स्योरेन्स कम्पनिको हेटौँडा शाखाले शुक्रबार रक्तदान कार्यक्रमको आयोना गरेको छ । इन्स्योरेन्स कम्पनिको २१औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । हेटौँडा–१०, टिसिएनरोडस्थित कार्यालय परिसरमै आयोजना गरेको कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाले प्राविधिक सहयोग गरेको थियो । शिखर इन्स्योरेन्सले वार्षिकोत्सवको अवसरमा नियमितजसो रक्तदान कार्यक्रम गर्दै आएको छ ।