उत्कृष्ट तीन कविलाई सम्मानपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : झरना साहित्यिक परिवारले ३२०औं साहित्यिक शृङ्खला अन्तर्गत कविता वाचन प्रतियोगिता शुक्रबार सम्पन्न गरेको छ । बकैया–१२, ठिङ्गनस्थित कान्ति माध्यमिक विद्यालयमा रहेको झरना–कान्ति बालसाहित्य समितिको सहकार्यमा प्रतियोगिता आयोजना भएको हो ।

बालसाहित्य समितिका अध्यक्ष सुनिल न्यासुरको समाध्यक्षतामा सम्पन्न कार्यक्रम विद्यालयका प्रधानाध्यापक जगत बहादुर घलेको प्रमुख आतिथ्य रहेको थियो । प्रतियोगितामा कक्षा–८ ,९ र १० मा अध्ययनरत २९ जना प्रतियोगी र अन्य अप्रतियोगी कविता वाचन भएको थियो । प्रतियोगी कविता मध्ये अष्टिमाया गोले, समीर दहाल र डोल्मामाया न्यासुर तीन जनालाई उत्कृष्ट र सनिशा घलानलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।