सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

हेटौँडा : जेन जी आन्दोलनका क्रममा काठमाडौंको सुन्धारास्थित कारागारबाट फरार भएका १ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वन्यजन्तु बेचबिखन तथा ओसारपसार मुद्दामा १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना हुने फैसलापछि सुन्धारा कारागारमा कैद सजाय भोगिरहेका मकवानपुरको मनहरी गाउँपालिका–६ का ६१ वर्षीय सिताराम थिङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

यस्तै अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा घटनापछि फरार रहेका पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–२ का ३२ वर्षीय राजु पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुबै जनालाई मकवानपुर जिल्ला अदालतमा पेश गरी सम्बन्धित कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।