हेटौंडाः हेटौंडास्थित आइसोलेसन वार्डबाट आज एक सय २१ वटा स्वाब नमूना संकलन गरी कोरोना परीक्षणका लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित कोरोना प्रयोगशालामा पठाइएको छ ।

आज पठाइएको सबै स्वाब नमूना नयाँ व्यक्तिको भएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ । हिजो शनिबार आइसोलेसन वार्डबाट ९२ जनाको स्वाब नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो ।