हेटौंडाः मतदाता नामावलीमा नामदर्ता गराउन ६ दिनमात्रै बाँकी रहेको छ । यसैबीच मतदाता नमावलीमा नाम दर्ता गराउनेहरुको भीड उल्लेखनीय रुपमा बढेको छ ।
सोमबारसम्म मकवानपुरमा १ हजार ५ सय १७ जना महिला र २ हजार १ य ९९ पुरुष गरी कुल ३ हजार ७ सय १६ जनाले नामदर्ता गराई फोटो खिचाएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार पछिल्लो हप्तादेखि प्रत्येक दिन ३ सय जनाभन्दा धेरै फोटो खिचाउन आइराखेका छन् ।

सोमबारमात्रै ५ सय ७९ जनाले नामदर्ता गराई फोटो खिचाएका छन् । जसमा २ सय ६९ जना महिला र ३ सय १० जना पुरुष रहेका छन् । मतदाता नामावलीमा नाम नभएकाहरुले कात्तिक ३० गतेसम्म नाम दर्ता गराउन पाउनेछन् ।

चुनावको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नामदर्ता गराउन पाइँदैन । तर, अहिलेको अन्तरिम सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा युवाहरूले मतदान गर्नबाट बञ्चित नहोस् भन्दै मतदाता नामावली संकलन गर्न निर्देशन दिएको थियो ।