हेटौंडाः हेटौंडा–५, गर्दोइमा रहेको लक्ष्मी आधारभूत विद्यालयले विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेको छ । शुक्रबार विद्यालयको आन्तरिक कोषबाट विद्यार्थीहरूलाई अतिरिक्त हाउस ड्रेस वितरण गरेको विद्यालयका प्रधानाध्यापक रामहरि मैनालीले जानकारी दिनुभयो ।
विद्यालयमा अध्ययनरत ३ सय जना विद्यार्थीलाई पोशाक वितरण गरेको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद अधिकारीको सभाध्यक्षता रहेको थियो भने वडा अध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा वडा सदस्य ज्ञानबहादुर थापा, हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका अधिकृत रमेश बिडारी र शिक्षक अभिभावक संघ अध्यक्ष उद्धबहादुर थापाको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रम सञ्चालन प्रधानाध्यापक मैनालीले गर्नुभएको थियो ।











