बाघको आक्रमणबाट मरेको बाख्रा ।

हेटौँडा : मकवानपुरगढी गाउँपालिका–५, नयाँ गाउँमा बाघको आक्रमणबाट २ वटा बाख्रा मारेका छन् । शनिबार बिहान ८ बजेर ४० मिनेटको स्थानिय तखत बहादुर लुङ्वाको घर नजिकै रहेको बड्किचौर जंगलमा चरिरहेका बाख्राहरू २ वटा बाख्रा बाघले मारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

घटनाबारे अनुसन्धान भई रहेको र सम्बन्धित वन कार्यालयका कर्मचारीहरूसँग समन्वय गरी मुचुल्का कार्य भइरहेको छ । मकवानपुरगढी गाउँपालिकामा केहि समय देखी बाख्रा, गाई, कुकरलाई जंगल जनावरले आक्रमण गरिरहेको छ ।