हेटौँडा : लागूऔषध खैरो हेरोइनसहित हेटौँडा–१५, रातोमाटेबाट मनहरी–९ की अनिता श्रेष्ठ पक्राउ परेकी छन् । शुक्रबार साँझ साढे ६ बजेको समयमा बीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ३–००१ ज ९९८ नम्बरको यात्रुबाहक भ्यानमा सवार ३६ वर्षीया अनिताको साथबाट प्रहरीले लागूऔषध खैरो हेरोइन १४.७६ ग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले अनितालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।











