लभ ठकुरीको साथबाट बरामद भएको लागूऔषध खैरो हेरोइन ।

हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । शनिबार साँझ ६ बजेको समयमा हेटौँडा–१५, रातोमाटेबाट लागूऔषध खैरो हेरोइनसहित भरतपुर महानगरपालिका–१२ का २७ वर्षीय लभ ठकुरीलाई लागूऔषध खैरो हेरोइन ९ ग्राम ५८० मिलिग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ५१३ नम्बरको यात्रुबाहक भ्यानमा सवार ठकुरीको साथबाट लागूऔषध बरामद भएको प्रहरीले जानकारी दिएको छ । ठकुरीलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही तथा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।