हेटौँडा : नुवाकोट जिल्लाको तादी गाउँपालिका–५, तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ टोखा नगरपालिका–३ घर भएका १९ वर्षीय समिर बानियाँ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शनिबार दिउँसो १२ बजेर ५५ मिनेटको समयमा खोलामा पौडी खेल्ने क्रममा डुबेर अचेत अवस्थामा फेला परेका थिए । बानियाँलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पताल लगिइएको थियो । अस्पतालमा चेक जाँच पश्चात ३ बजेर ४६ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।











