पूर्ण सरसफाई तथा खानेपानीयुक्त समुदाय घोषणाको क्रममा खिचिएको तस्वीर ।

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाका दुई वटा टोललाई पूर्ण सरसफाई तथा खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । बुधबार छुट्टाछुट्टै कार्यक्रम गरी कैलाश–७ र कैलाश–८ का २ वटा टोललाई पूर्ण सरसफाई तथा खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो । वडा नम्बर ७ को बिलाउने टोल र कैलाश–८, रुपराङ्ग–रान्चुराङ्ग टोललाई पूर्ण सरसफाई तथा खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।

पालिकालाईपूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले दुबै समुदायलाई घोषणा गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष मुक्तानले सुरक्षित खानेपानी प्रयोग गर्न पाउनु प्रत्येक नागरिकको मौलिक हक भएको बताउनुभयो । एक घर एक धारा पु¥याउने लक्ष्य अनुरुप विभिन्न संस्थाहरुसँगको साझेदारीमा गाउँपालिकाले खानेपानी र सरसफाइमा काम गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो । सरसफाइ र खानेपानी परिपूरक रहेकाले सबैले त्यसतर्फ ध्यान दिनु जरुरी रहेको उहाँको भनाइ थियो । ‘विभिन्न मापदण्डमा रहेर गरिएकोमा यसको लागत साझेदारी छ, दीगोपना बनाउनु पर्ने हाम्रो कतव्र्य हो’, गाउँपालिका अध्यक्ष मुक्तानले भन्नुभयो । मर्मत सम्भार र संरक्षणको काम अब समितिको रहेको अध्यक्ष मुक्तानले स्पष्ट पार्नुभयो । खानेपानीको मुहान दर्ता गर्नुपर्ने बताउनुहुँदै मुहानको बीमा गरिए विपद्को अवस्थामा बीमा रकमले निर्माण गर्न सकिने उहाँले बताउनुभयो ।

र्कैलाश–७ का वडाध्यक्ष उदास कुमार भोलनको सभाध्यक्षतामा भएको बिलाउने टोलको कार्यक्रममा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाका जिल्ला संयोजक लीलबहादुर कार्की, वडा सचिव युगचन्द्र भट्टराई, ङिको स्वास्थ्य चौकीका प्रमुख मेनका ठाकुर, बिलाउने खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नीरशंकर मुक्तान लगायतको आतिथ्य रहेको थियो । बिलाउने टोलमा उक्त कार्यक्रममा २६ घरधुरी लाभान्वित रहेको जिल्ला संयोजक कार्कीले बताउनुभयो । कार्यक्रममा वडाध्यक्ष भोलनले घरघरमा रहेको धाराको पानीलाई सदुपयोग गरी मर्मत र संरक्षणका लागि समिति चुस्तदुरुस्त अवस्थामा रहनुपर्ने बताउनुभयो । दीगोरुपमा निरन्तरता दिनका लागि सबै घरधुरीको सक्रिय सहभागिता रहनुपर्ने उहाँले बताउनुभयो ।

यस्तै कैलाश–८, रुपराङ्ग–रान्चुराङ्ग टोललाई पनि बुधबार नै पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । वडा अध्यक्ष आशिष प्रजाको सभाध्यक्षतामा टोल गाउँपालिका अध्यक्ष मुक्तानले घोषणा गर्नुभएको हो । उक्त टोलमा भने ४४ घरधुरी लाभान्वित भएका छन् । रुपराङको कार्यक्रममा वडा सदस्य विपीराज थिङ, मित्रकुमारी मुक्तान, आरआरएनका संयोजक लीलबहादुर कार्की, भार्ता स्वास्थ्य चौकीका सिनियर अहेव शोभा राना, खानेपानी तथा सरसफाई समितिका अध्यक्ष विष्णुलाल प्रजालगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा वडाध्यक्ष प्रजाले मुहानदेखि धारासम्मको संरक्षण हाम्रो दायित्व भएको उल्लेख गर्नुहुँदै लामो समयपछि रुपराङमा घरघरमा पानी आएको र सबैको साझेदारी कार्यक्रम अन्तर्गत अर्को टोलमा पनि कार्यक्रम गरिने बताउनुभयो ।

आरआरएन, जर्मन सरकारको डब्लुएचएच संस्थाको सहयोगमा गाउँपालिकाले साझेदारीमा खानेपानीको क्षेत्रमा काम गर्दै आइरहेको छ । कैलाशको वडा ७ र ८ मा पहिलो पटक एक घर एक धारा अभियान अन्तर्गत यी दुई टोल घोषणा गरिएको संयोजक कार्कीले बताउनुभयो ।