हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोलीले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदी बस्तीको स्थलगत निरीक्षण गर्दैछन् । आज बिहान मुख्यमन्त्री सहित प्रदेशका मन्त्रीहरु अरुण नेपाल, युवराज दुलाल, प्रदेशको प्रमुख सचिव डा. मान बहादुर बिक, अर्थ तथा विकास समितिका सभापति शरेस नेपाल, प्रदेश प्रहरी प्रमुख लगायत टोली लिदी बस्तीमा गएको हो । टोली राहत सामाग्री, स्वास्थ्य सामाग्री र अत्यावश्यक सामाग्री लिएर जुगल गाउँपालिकाको लिदी बस्तीमा केहीबेर अघि पुगेको छ ।