हेटौंडाः कोरोना भाइरस सङ्क्रमितको संख्या बढ्दै गएपछि कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बच्न हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित प्रगतिशील टोल विकास संस्थाले र्‍यापिड एक्सन टिम बनाएको छ ।

शुक्रबार वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको सहभागितामा जयराम खतिवडाको संयोजकत्वमा १९ सदस्यीय कोभिड–१९ विरुद्ध र्‍यापिड एक्सन टिम निर्माण गरिएको छ । र्‍यापिड एक्सन टिमले गर्ने कामको सूचि समेत बनाएर वडामा सचेतना अभिवृद्धि गर्ने तयारी भएको बताइएको छ ।