प्रहरीले बरामद गरेको अवैध पटका ।

हेटौँडा : मकवानपुर प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५, रातोमाटे चेकपोष्टबाट अवैध प्रतिबन्धित पटका नियन्त्रणमा लिएको छ । बुधबार साँझ ५ बजेको समयमा वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७५५ यात्रुबहाक ईभी गाडीलाई सुरक्षा जाँच गर्दा पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले गाडीको छतमा लुकाइ–छिपाइ गरी अबैध रूपमा ल्याइएका प्रतिबन्धित पटका ५० हजार रुपैयाँ बराबरको ५ सय प्याकेट फेला पारेको जनाएको छ । पटका नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।