सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

हेटौँडा : मकवानपुरको भिमफेदी गाउँपालिका–१ सानुटार याङराङपुल नजिक सवारी चालकलाई कुटपिट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ वर्षीय अमिर रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

बुधबार बेलुका १० बजेको समयमा तरकारी तथा कृषि जन्य वस्तु ढुवानी गर्ने गाडीहरूलाई जेन्जी समूहको सदस्य भएको भन्दै रोक्ने, गैरकानूनी रूपमा चेकजाँच गर्ने र चालकलाई कुटपिट गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सावारी साधन चालकहरूसँग अश्लिल शब्द प्रयोग गरी दुव्र्यवहारसमेत गरिएको छ । घटनामा संलग्न अमिरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । साथै, घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भई रहेको प्रहरीले जानकारी दिएको छ ।