Home मुख्य समाचार स्कुटरको ठक्करबाट पैदल यात्री रुपेशको मृत्यु

स्कुटरको ठक्करबाट पैदल यात्री रुपेशको मृत्यु

हेटौँडा : चितवन जिल्लाको राप्ती नगरपालिका–२, सिमराचोकमा स्कुटरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । बुधबार साँझ ६ बजेर ३० मिनेटको समयमा बा.प्र ०२ ०५६ प १११५ नम्बरको स्कुटरले ठक्कर दिँदा रौतहट जिल्लाको माधव नारायण नगरपालिका–८ का २४ वर्षीय रुपेश राय यादव गम्भिर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा स्कुटर चालक राप्ती नगरपालिका–२ का १८ वर्षीय दिपेश गौतम पनि घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि चितवनस्थित मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा रुपेशको राती ७ बजेर ४५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version