हेटौंडाः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका चार जिल्लामा पाँच सय भन्दा बढी संख्यामा कोरोना सङक्रमित पुगेको जानकारी गराउनुभएको छ ।

आज नियमित पत्रकार सम्मेलनमा डा. गौतमले संघीय राजधानी काठमाडौंसहित पर्सा, रौतहट र सिराहा जिल्लामा पाँच सय भन्दा बढी संख्यामा कोरोना भाइरस सङ्क्रमित रहेको जानकारी दिनुभएको छ । पछिल्लो २४ घण्टामा नेपालमा पाँच सय ९४ जना सङक्रमित थपिएको जानकारी दिनुहुँदै डा. गौतमले दुई सय ४० जना कोरोना सङक्रमणमुक्त भएको जानकारी दिनुभएको छ ।