Home मुख्य समाचार आज ८३ वटा स्वाब नमूना प्रयोगशाला पठाइयो

आज ८३ वटा स्वाब नमूना प्रयोगशाला पठाइयो

हेटौंडाः हेटौंडास्थित आइसोलेसन वार्डबाट कोरोना सङ्क्रमण भए नभएको परीक्षणका लागि हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रयोगशालमा ८३ वटा स्वाब नमूना पठाइएको छ ।

आज पठाइएको स्वाब नमूनामध्ये २ वटा यसअघि सङक्रमण पुष्टि भएका व्यक्तिको हो भने ८१ वटा स्वाब नमूना नयाँ व्यक्तिको हो । यसअघि हिजो बिहीबार आइसोलेसन वार्डले एक सय सात वटा स्वाब नमूना परीक्षणका लागि पठाएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।

Exit mobile version