Home मुख्य समाचार बेडबाट लडेर कमलाकोे मृत्यु

बेडबाट लडेर कमलाकोे मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–६, बुडोलमा बेडबाट लडेर एक महिलाकोे मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा जिल्ला घर भई हाल बुडोल बस्ने ४२ वर्षीया कमला तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

आइतबार बिहान ११ बजेर १५ मिनेटको समयमा कमला अचानक आफ्नै बेडबाट लड्दा घाइते भएकी थिइन् । घाइते कमलालाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पलात लगिएको थियो । उपचारको क्रममा दिउँसो १२ बजेर ४० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानको क्रममा कमला थाइराईडको बिरामी रहेको र बेला–बेलामा बेहोस हुने गरेको खुलेको प्रहरीले जनाएको छ ।

Exit mobile version