हेटौँडा : गजल मञ्च मकवानपुरको नियमित गजल वाचनको कार्यक्रम २२८औं गजल यात्रा शनिबार सम्पन्न भएको छ । मञ्चका अध्यक्ष सन्जित श्रेष्ठको अध्यक्षता तथा वरिष्ठ साहित्यकार तथा गजलकार तुलसी घिमिरेको प्रमुख आतिथ्यमा गजल यात्रा भएको हो ।
नियमित गजल यात्रामा नवीन दर्लामी, सुवास सजल, भवानी तिमल्सिना, राजकुमार लामिछाने, मनोज पोखरेल, डिबी बर्तौला, सानु खनाल, यश लामा, देवराज तिवारी र निमेष निखिल लगायतले गजल वाचन गर्नुभएको थियो ।
कार्यक्रममा गजल मञ्च मकवानपुरका संरक्षक÷सल्लाहकार मुक्ति गोविन्द वैद्य, पूर्वअध्यक्ष तथा सल्लाहकार देवराज तिवारी र पूर्वअध्यक्ष यश लामाको पनि आतिथ्य रहेको थियो । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुर, साहित्य संगम मकवानपुर, सिस्नुपानी नेपाल मकवानपुर, जनसाँस्कृतिक महासंघ मकवानपुर, मुक्तक मञ्च मकवानपुर लगायतका साहित्यिक संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।











