हेटौँडा : इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैं विशेष अफर सार्वजनिक गरेको छ । क्लासिक टेकले १ वर्षको शूल्कमा २ वर्ष इन्टरनेट सेवा प्रदान गर्ने गरी दशैँ विशेष अफर सार्वजनिक गरेको हो ।
यस अफर अन्तर्गत ग्राहकहरूले ७० एमबिएसको इन्टरनेट जडान गर्दा प्रतिमहिना ४ सय ४३ रुपैयाँ मात्र तिर्नु पर्नेछ । साथै एउटै नेटवर्कमा धेरै डिभाइस जडान गर्न मिल्ने कम लेटेन्सी, डबल ब्याण्ड सुविधा र व्याट्री बचत सुविधा भएको वाईफाई सिक्स राउटर पनि ग्राहकले पाउने कम्पनीले बताएको छ । यो अफर अन्य इन्टरनेट प्लानहरूमा पनि लागू हुनेछ । जसमा १०० , २०० र ३०० एमबिएस स्पीड भएका अफरहरू रहेका छन् ।
त्यसैगरी इन्टरनेटसँगै मात्र २ सय ५० रुपैयाँ प्रतिमहिनामा स्मार्ट सेट–टप बक्स प्रयोग गरी विभिन्न च्यानलहरू हेर्न सकिने आइपी टिभी सेवा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकहरूको आवश्यकता अनुसार उच्च स्पीड र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
