हेटौँडा : मकवानपुर क्योकुशिन कराँते संघ बाल कुमारी आईको युनियनले आयोजना गरेको रक्तदान कार्यक्रमा २३ जनाले रक्तदान गरेका छन् । शनिबार हेटौँडा–४ स्थित मकवानपुर जिल्ला खेलकुद विकास समितिमा युनियनले छैठो पटक रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रम २ जना महिलासहित २३ जनाले रक्तदान गरेको थियो । मकवानपुर क्योकुशिन कराँते संघ बाल कुमारी आईको युनियनका अध्यक्ष बुद्धिनाथ न्यौपानेको सभाध्यक्षता तथा सचेत नागरिक युवा समूह मकवानपुरका अध्यक्ष शिवनारायण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य सुदर्शन खतिवडा, जिल्ला खेलकुद विकास समिति मकवानपुरका पूर्व अध्यक्ष सानो लामाले रक्तदान गर्नु भएको छ । कार्याक्रमको अवसरमा ८ जना खेलाडीलाई ब्याल्क बेल्ट वितरण गरिएको छ । यस्तै हर्नामाडी क्योकुशिन कराँतेकि प्रशिक्षक सिता श्रेष्ठ र फूल कन्ट्रेक कराँते महासंघ बागमती प्रदेश सदस्य सुशन श्रेष्ठलाई सेकेण्ड डान प्रदान गरिएको प्रमुख अतिथि श्रेष्ठले जानकारी दिनुभयो ।











