Home मुख्य समाचार आजै थप १५ जना सङ्क्रमित, मकवानपुरमा एकदिनमै ५२ जना कोरोना सङ्क्रमित

आजै थप १५ जना सङ्क्रमित, मकवानपुरमा एकदिनमै ५२ जना कोरोना सङ्क्रमित

हेटौंडाः आज मकवानपुर जिल्लामा रहेका थप १५ जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ । यससँगै आज एकैदिन मकवानपुर जिल्लामा ५२ जना कोरोना भाइरस सङ्क्रमित पहिचान भएका छन् ।

हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रयोगशालामा गरिएको परीक्षणमा आज साँझ प्राप्त रिपोर्टअनुसार थप १५ जनामा कोरोना भाइरस सङ्क्रमण पाइएको हेटौंडास्थित आइसोलेसन वार्डका जनास्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभएको छ । सङक्रमित मध्ये १३ जना हेटौंडा उपमहानगरपालिका क्षेत्रका र दुईजना मकवानपुरगढी गाउँपालिकाका छन् ।

यसअघि आज बिहान ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । हेटौंडा स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापित कोरोना प्रयोगशलामा आज बिहान प्राप्त रिपोर्टअनुसार हेटौंडा उपमहानगरपालिका क्षेत्रका १८ जना, थाहा नगरपालिकाका २ जना, भीमफेदी गाउँपालिकाका ३ जना, बकैया गाउँपालिकाका २ जना, नेपाल प्रहरीका १० जना, चितवन र काठमाडौं स्थायी ठेगाना भएका १/१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभएको छ ।

Exit mobile version