उमेश र विनोदको साथबाट बरामद लागूऔषध खैरो हेरोइन ।

हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित हेटौँडा–१२, सिग्रेनीबाट २ जनालाई पक्राउ गरेको छ । सोमबार राती ८ बजेको समयमा

हेटौँडा–१२, सिक्रेनीस्थित उमेश लामाको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय उमेश लामा र हेटौँडा–१३ का २९ वर्षीय विनोद गुरूङलाई लागूऔषध खैरो हेरोइन ५ ग्राम ३०० मिलिग्रामसहित पक्राउ गरेको हो । प्रहरीले मकवानपुर जिल्ला अदालतसँग अनुमति लिई उमेश र विनोदलाई हिरासतमै राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।