सांकेतिक तस्वीर ।

हेटौँडा : हेटौँडा–२, गुम्बाचोकमा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५४ वर्षीया नानीमाया रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

नानीमाया सोमबार राती १२ बजेको समयमा आफ्नो २ तले घरको दोस्रो तलाको कोठामा सुतेकी थिईन् । नानीमायाका श्रीमान् शंखलाल डङ्गोलले मंगलबार बिहान ३ बजेको समयमा नानीमायालाई मृत अवस्थामा फेला पारेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।